Ad Code

Your Page Title

१५ औँ वाका कप तथा तेस्रो अध्यक्ष कप सुरु: आयोजक छार वाका राहा बी टीमको विजय सुरुवात

धादिङ र नुवाकोटको सिमानामा अवस्थित वाकामा आजबाट सुरु भएको १५ औँ वाका कप तथा तेस्रो अध्यक्ष कपको उद्घाटन खेलमा आयोजक वाका राहा युबा क्लब बी टीमले म्यागङ गाउँपालिका वडा नम्बर ३ को बेङरुङ युवा क्लबलाई १-० ले पराजित गर्दै विजय यात्रा सुरु गरेको छ। 
२५ टीमहरुको सहभागी रहेको यस प्रतियोगिता आगामी नयाँ वर्ष २०८२ को पहिलो दिन समापन हुनेछ। यस क्षेत्रकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको विजेता टीमले रु.२,०२,०००/- नगद, ट्रफी, प्रमाण-पत्र मेडल पाउँनेछ र उप‍विजेता टीमले रु.१,०१,०००/- नगद, ट्रफी, प्रमाण-पत्र मेडल पाउँनेछ। सेमी फालनलमा पुग्ने दुई टीमले सान्त्वाना पुरस्कार स्वरुप  नगद रु.२०,०००/- पाउँनेछ। यस प्रतियोगितामा व्यक्तिगत तर्फ उत्कृष्‍ठ गोलकर्ता, उत्कृष्‍ट खेलाडी र उत्कृष्‍ट गोल रक्षकले समान रु.५,०००/- पाउँनेछ भने हरेकको खेलको उत्कृष्‍ट खेलाडीलाई ‍१ सेट जर्सी प्रदान गरिनेछ।


यस प्रतियोगिताको मुख्य उद्देश्‍य वाका क्षेत्रको संरक्षण र पर्यटक प्रवर्धन रहेको छ। गत वर्षको संस्करणमा Support Dhading football ले खेलहरुको प्रत्यक्ष प्रसारण गरिएकोमा यस वर्षको उद्घाटन खेलको भने प्रत्यक्ष प्रसारण देखिएन। आशा गरौँ आगामी खेलहरुको प्रत्यक्ष प्रसारण हेर्न पाऊ भनेर।


उद्घाटन खेलको म्याग अफ द म्याच विजेता टीमको गोल रक्षक भुवन राई।


पराजित टीम



फोटो तथा विवरण स्रोत: छार वाका राहा युवा क्लब
को फेसबुक पेज



Post a Comment

0 Comments