काठमाण्डौंमा जारी ७ औँ साफ महिला फुटबलमा आज भएको समूह बीको दोस्रो खेलमा आयोजक नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ। नेपालले गरेको प्रत्येक प्रहारलाई भूटानकी गोलरक्षक संगीता मोन्गरले विफल पारिदिएकी थिइन। नेपाली चेलीहरुको हर प्रहार रोकिकी संगीता नै खेलको प्लेयर अफ द म्याच भइन। यस अगाडिको संस्कारहरुमा कुनै गोल गर्न नदिएको नेपालले आजको खेलमा कुनै गोल पनि गर्न सकेन। बराबरी पछि दुवै टीमले १-१ अङ्क बाँडेको छ। साफ एतिहासमै नेपालले खेलेको खेलमा यो नै पहिलो बराबरी खेल हो।
समूह बी कै पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गर्दै स्पष्ट तीन अङ्क जोडेर समूहको अग्रातामा रहेको छ।
0 Comments