आजबाट काठमाण्डौँको दशरथ रंगशालामा सुरु भएको ७ औँ संस्करणको साफ महिला फुटबलमा भारतले आफ्नो चिरपरिचित प्रतिद्वन्ती पाकिस्तानलाई ५-२ को गोल अन्तरले पराजित गर्दै समूह ए मा अग्राता बनाएकोछ। नेपाली समय अनुसार वेलुकी ५.३० बजेबाट सुरु भएको खेलमा सुरुवाती समयबाटै भारतले आक्रमक खेल देखाएको थियो।
खेलको चौथोँ मिनेटमा ग्रेस डङ्मेईले भारतलाई अग्राता दिलाएको थियो भने १६ औँ मिनेटमा मनिषाले अग्रातालाई दोब्बर बनाएको थियो। एक पक्षीय जस्तो देखिएको खेलमा ३५ औँ मिनेटमा भारतको लागि बाला देवी ङङोमले अग्रातालाई झन मजबुद भनायो। खेलको अन्तिमतिर ४२ औँ मिेनेटमा पाकिस्तानकी मरिया जम्ला खाानले आत्मघाती गोल गरेसँगै भारत ४-० को स्थितिमा पुग्यो। तर पहिलो हाफको अन्तिमतिर पाकिस्तानले पेनाल्टी प्राप्त गर्यो र सो अवसरलाई सुहा हिरानीले सदुपयोग गर्दै खेललाई ४-१ को स्थितिमा पुर्यो।
दोस्रो हाफको सुरुमै पाकिस्तानको केएला सिद्दिकीले १ गोल फर्काएर खेललाई ४-२ को स्थितिमा पुर्याएर पहिलो हाफमा भन्दा केही सुधारिएको खेल देखायो। पहिलो हाफमा भन्दा केही सम्हालेर खेलेको पाकिस्तानी पोष्टमा ७७ औँ मिनेटमा भारतको लागि ज्योतीले १ गोल थपे। त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन र भारतले ५-२ को अन्तरले खेल जितेर समूह ए मा आफूहरुलाई अग्रातामा राख्यो। अब दुवै टोलीले वाँकी खेल बंगालादेशसँग खेल्नेछ। भोलि कार्त्तिक २ गते समूह बी अन्तरगत आयोजक नेपालले भुटानको सामना गर्नेछ भने माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ।
0 Comments