Ad Code

Your Page Title

७ औँ भोजपुर गोल्ड कप २०८१ चर्ज बोइजलाई

आज भोजपुर रंगशालामा भएको ७ औँ अन्तर्राष्‍ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप २०८१ को फाइननलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चर्ज बोइज क्लबले उपाधि हात पारेको छ।  खेलको पहिलो हाफमा चर्ज बोइजको आर्मण्ड विडुमले चर्ज बोइजलाई अग्रता दिलाएको थियो। दोस्रो हाफमा आर्मीको अनिल भट्टले गोल फर्काउदै खेललाई बराबरीमा ल्यारायो।



दोस्रो हाफमा आर्मीले निकै दवावमा राखे तापनि गोलमा परिणत भने गर्न सकेन र खेल टाई ब्रेकरमा पुग्यो। टाई ब्रेकरमा भने आर्मीलाई निराश पार्दै चर्ज बोइजले उपाधि हात पार्‍यो। टाई ब्रेकरमा आर्मीका लागि जितेन्द्र कार्की र वसन्त जिम्बाले गोल गर्‍यो भने रिपु प्रधान र मिलन योञ्‍जनको प्रहारलाई दीप कार्कीले रोकेका थिए। चर्ज बोइजको लागि नवीन लामा, एकराज बूढाथोकी, आवायोमी र दीप कार्कीले गोल गरेका थिए।


चर्ज बोइजले उपाधि सहित रु. ५ लाख हासिल गर्‍यो भने उप-विजेता आर्मीले ३ लाखमा चित्त बुझाउनु पर्‍यो।


म्यान अफ द म्याच (फाइनल):  दीप कार्की (रु.५०००/-) - चर्ज बोइज

उत्कृष्‍ट गोल किपर: दीप कार्की (रु.७,५००/-) - चर्ज बोइज

सर्वाधिक गोलकर्ता: नवीन लामा (चर्ज बोइज), आर्मण्ड विडुम (चर्ज बोइज), वसन्त जिम्बा (आर्मी), मार्टिन(खोटाङ्ग भगवती स्पोर्टस क्लब) र स्टेफन विनोङ्ग(सलहेस युवा क्लब)  (रु.११०००/-)

उत्कृष्‍ट खेलाडी: सुदीप गुरुङ (रु.२५०००/-) - चर्ज बोइज

उत्कृष्‍ट कोच: रमेश दङ्गाल (रु.७,५००/-) - चर्ज बोइज


Post a Comment

0 Comments