दशरथ रंगशालामा जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज भएको क्वालिफाइरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै धनगडीसंगको भेट पक्क गरेको छ। सिटीलाई पहिलो हाफको थप समयमा इमोह इजेकियलले गोल गरेर अग्राता दिएको थियो।
दोस्रो हाफमा थण्डर्स खेलमा फर्क्यो। उसको लागि ७१ औँ मिनेटमा स्टेफन के. अन्नोरले गोल गरेको थियो। त्यसपछिको वाँकी सयम दुवै तर्फबाट राम्रो अवसरहरु सिर्जना भएता पनि गोलमा परिणत नभए पछि खेल एक्स्ट्र टाइममा गएको थियो। एक्स्ट्र टाइमको पहिलो हाफको ९ औँ मिनेटमा सबस्टिटुटमा मैदान आएका १७ वर्षिय कुशल देउवाले गोल गर्दै सिटीलाई फेरी अग्राता दिलायो। त्यस पछिको समयमा थण्डर्सले गोल फर्काउन सकेन र सिटीले पनि अर्को गोल थप्न सकेन र सिटीले २-१ गोलले खेल जित्यो। स्मरण रहोस् सिटीले पहिलो हाफमै दोहोरो पहेंलो कार्डको सिकार बन्दै महत्वपूर्ण खेलाडी निखिल कदम गुमाएको थियो। १० खेलाडीमा पनि सिटीले खेललाई सम्हाल्दै धनगडीसंगको भेट पक्क गरेको थियो।
0 Comments