पेौष ५, २०८०
म्यागङ
"हाम्रो संस्कृति, हाम्रो पहिचान" भन्ने नाराका साथ नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकामा गाउँपालिका स्तरीय म्हेन्दोमाया तथा साईकोले प्रतियोगिता २०८० सम्पन्न भएको छ। तिन दिन सम्ममा चलेको यस प्रतियोगिता पालिका प्राङ्गनमा भएको थियो। साइकोलेमा २३ समूह र म्हेन्दोमायामा १८ समूहको सहभागीता रहेका थिए।
साईकोले विधामा २३ समूह बाट २२ समूहलाई पछाडि पार्दै देउराली सामुदायिक साइकोले समूहले प्रथम स्थान हासिल गर्यो। यस विधामा सानेगङ मोङ्बाथो साइकोले समूह द्वितीय र बुङतङ सांस्कृतिक साईकोले समूह तृतीय भएको थियो।
म्हेन्दोमाया विधामा १८ ओटा समूह मध्ये १७ ओटालाई उछिन्दै म्यागङ गाउँपालिका वडा नम्बर ५ को कल्लाबारी म्हेन्दोमाया समूह विजेता भएको थियो। यस विधामा म्यागङ-३, को चिउरी भञ्ज्याङ म्हेन्दोमाया समूह द्वितीय र म्यागङ-६ को पुरानोपानी म्हेन्दोमाया समूहले तृतीय स्थान हासिल गर्यो।
उत्कृष्ट तीनलाई क्रमश: रु.५०,०००, रु.२५,०००, रु.१५,०००, डम्फु र प्रमाण-पत्र प्रदान गरेको थियो। समापन कार्यक्रममा बागमती प्रदेशको आर्थिक मामिला मन्त्री श्री बहादुर सिं लामा (तामाङ) प्रमूख अथिति रहेको थियो भने अन्य अतिथिहरुमा पालिका प्रमुख, उप-प्रमुख, प्रशासकीय प्रमुख, पालिका कर्मचारीहरु, वडाध्यक्षहरु र अन्य जनप्रतिनिधिहरु र साइकोले र म्हेन्दोमायामा सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। निर्णायकको भूमिकामा म्हेन्दोमाया समाजका संथापक विगेन्द्र वाइबा तामाङ, मोडल, गायक तथा निर्देशक राज किङ वाईबा र रचनाकार, संगीतकार र गायक शैलाव वाइबा रहेको थियो भने कार्यक्रमलाई देउराली निवासी श्री सरस्वती मा.वि. को शिक्षक धनम तामाङले सञ्चालन तथा उद्घोषन गर्नु भएको थियो।
आगामी दिनहरुमा पनि निरन्तरता दिने वाचाका साथ प्रतियोगिता विलुकी अबेर मात्र समापन भएको थियो।
फोटो स्रोत: म्यागङ गाउँ कार्यपालिकाको कार्यालय, नुवाकोट
0 Comments