Ad Code

Your Page Title

क्रिकेटमा उदाउदै गरेको नेपालको दोहोरो सफलता

 कार्तिक २, २०८०

नेपालमा जारी त्रि-देशीय टी-२० आई मा आयोजक नेपालले हङकङलाई आज ६ विकेटले पराजित गर्दै त्रि-देशीय श्रृङ्खलामा आफूलाई दावेदारको रुपमा प्रस्तुत गरेको छ। टस जितेर फिल्डिङमा उत्रेको नेपालले १९.३ ओभरमा हङकङको सवै ब्याटम्यानलाई पेविलियन फर्काएको थियो। हङकङलाई २० ओभर नटेकाउन करण के.सी. ले ४, सोमपाल कामी र अविनाश बोहराले २/२ तथा कुशल मल्ल र मौसोम ढकालले १/१ विकेट लिएको थियो। हङकङको लागि यसिम मुर्तजाले ३६ र जीसन अलिले १७ रन बाहेक अन्य ब्याटम्यानले दोहोरो अङ्क जोड्न सकेन। 


९५ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाएर १३.५ ओभरमै लक्ष्य भेटायो। यस क्रममा ओपनरद्वाय कुशल भुर्तेल र आसिफ शैखले क्रमश: ८ र ४२ रन बनाए। युवा खेलाडी कुशल मल्लले १ र सन्दीप जोराले ३ रन नेपालको खातामा जोडे। कप्तान रोहित कुमार पौडेल र गुलशान झाले क्रमश: नट आउट २५ र १४ रन बनाएको थियो।  अब नेपालले फेरी कार्तिक ४ गते हङकङमै सामना गर्नेछ।


उता मलेसियामा जारी १९ वर्ष मुनिको प्रतियोगितामा नेपालले आफ्नो समूहको अन्तिम खेलमा पनि जित दर्ता गरेको छ। आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको थियो। नेपालको लागि ब्याटिङ तर्फ अर्जुन कुमालले १४२ रन बनाएको थियो भने नेपालकै बलिङ तर्फ दिपेश कँडेलले ५ विकेट लिएको थियो। यस जितसँगै नेपालले सेमि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

Post a Comment

0 Comments