Ad Code

Your Page Title

त्रि-देशीय टी-२० आईमा नेपालको शानदार सुरुवात

 कार्तिक १, २०८०

आजबाट काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरु भएको नेपाल, हङकङ र यू.ए.ई. सम्मेलित त्रि-देशीय टी-२० आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले यू.ए.ई. लाई ७ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको छ।  टस जितेर फल्डिङ रोजेको नेपालले २० ओभरमा यू.ए.ई. को ७ विकेट लिएर १४० रन दिएको थियो।  यू.ए.ई. लाई १४० रनमा रोक्ने क्रममा करण के.सी. ले ३, गुल्शान झाले २ र सोमपाल कामी र अविनाश बोरहाले १/१ विकेट लिएको थियो। ब्याटिङ तर्फ यू.ए.ई. को बसिल हमीदले ३८ बलमा ४ छक्क र १ चौका सहित ५१ रन, अलि नशीरले ३२ रन, मोहम्मद वसीमले १७ रन, आसिफ खानले १५ रन बनाएको थियो भने अन्य ब्याटम्यानले दोहोरो अङ्क जोड्न सकेन।


१४१ रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रेको नेपालले ३ विकेटको क्षतिमा १८.५ ओभरमै खेललाई आफ्नो पक्षमा गर्न सफल भएको थियो। नेपाललाई शानदार जित दिलाउने क्रममा कुशल भुर्तेलले १ चौका सहित १४ रन, आसिफ शेखले १ छक्क २ चौका सहित २३ रन, कुशल मल्लले २ चौका सहित ११ र कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिं ऐरीले नट आउट क्रमश: ५१ र ३४ रन बनाएको थियो। कप्तान पौडेलले ४० बलमा ५ चौका सहित ५१ रन जोडेको थियो भने ऐरीले १ छक्क र २ चौका सहित ३४ रन जोडेको थियो। नट आउट ५१ रन र दुई क्याच गरेको नेपालको कप्तान रोहित कुमार पौडेल प्येयर अफ द म्याच घोषित भ‍ थियो। अब नेपालले भोलि नै हङकङको सामना गर्नेछ।

Post a Comment

0 Comments