असोज ३०, २०८०
विश्व कप २०२६ को प्रिलिमिनरी राउण्डको अवे खेल खेल्न लाओस पुगेको नेपाली राष्ट्रिय फुटवल टोलीले आज लाओसलाई आफ्नै देशमा १-० ले र समग्रमा २-१ ले पराजित गरेर दोस्रो राउण्डको समूह एच् मा यू,ए.ई., बहराइन र यमनसँगको भेट सुनिश्चित गरेको छ। पहिले हाफ गोल रहित बराबरीमा टुङ्गेको खेलमा दोस्रो हाफको ५३ औँ मिनेटमा अञ्जन विष्टको पासमा मनिष डाँगीको गोलले अग्रता लिएको थियो।
त्यस पछिको खेलमा दुवै टीमले राम्रो अवसरहरु प्राप्त गरे पनि गोलमा परिणत गर्न नसक्दा मनिषको गोल नै निर्णायक बन्यो र नेपालले दोस्रो राउण्डको समूह एच् मा आफ्नो यात्रा तय: गर्यो। खेलको अन्तिम तिर लाओसले कर्नर प्राप्त गर्यो तर त्यस कर्नरमा पाएको अवसरलाई नेपालको गोल रक्षक तथा कप्तान किरण कुमार लिम्बुले उत्कृष्ट बचाऊ गर्दै नेपाललाई दोस्रो चरणमा पुर्यो। अब नेपालले आफ्नो दोस्रो राउण्डको पहिलो खेल यू.ए.ई.सँग १६ नोवेम्बरमा खेल्नेछ।
0 Comments