Ad Code

Your Page Title

नेपालको लगातार दोस्रो जीत

असोज २८, २०८०

मलेसियामा जारी एसीसी पुरुष उन्‍नाइस वर्ष मुनिको क्रिकेटमा नेपालले आज बहराइनलाई ७ विकेटले जितेको छ। टस जितेर ब्याटिङ गर्न उत्रेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्र जोड सफल भएको थियो। बलिङ तर्फ नेपालको दिपेश कँडेलले ९.५ ओभरमा ८ म्याडेन सहित जम्मा ४ रन खर्चेर ६ विकेट लिएको थियो। वाँकी विकेट ८ ओभर बलिङ गरेको दुर्गेश गुप्‍ताको नाममा रहयो। गुप्‍ताले १ म्याडेन सहित २२ रन खर्चेको थियो। अन्य बलरहरुमा हेमन्त धामीले ६ ओभरमा १९ रन, सुवाश भण्डरीले ७ ओभरमा ३ म्याडेन सहित १२ रन, मिलन बोहराले ५ ओभरमा २ म्याडेन सहिर ६ रन र अर्जुन कुमालले २ ओभरमा ११ रन खर्चेको थियो।

७८ रनको लक्ष्य पाएको नेपालले ११.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो। ओपनर दीपक बोहराले ३ बलमा ४ रन, अर्जुन कुमालले नट आउट ३१ बलमा ५ चौका सहित ३२, दिपक प्रसाद डुम्रेले ८ बलमा १ रन र कप्‍तान देव खनालले नट आउट ४ चौका र १ छक्क सहित ३२ रन जोडेको थियो। विकेट किप्‍पर उत्तम राँगु थापा मगर खाता नै नखोली पेविलियन फर्केको थियो। नेपालको यो दोस्रो जित हो यस अघि नेपालले इरानलाई हराएको थियो। अब नेपालले समूहको अन्तिम खेल कार्तिक २ गते साउदी अरबसँग खेल्नेछ। उता बलिङ तर्फ तिनै विकेट अनास ओबैड स्येदको नाम रहयो। लगातार दोस्रो हारसँगै बहराइन रन रेटको आधारमा विन अङ्क तेस्रो स्थानमा रहेको छ। 

Post a Comment

0 Comments